News Portal

झापामा एक महिलासहित ५ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
३६० पटक

बिर्तामोड, साउन १९ । झापामा पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार झापाको अर्जुनधाराका ४ पुरूष र बिर्तामोडकी १ जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा अर्जुनधारा वडा नम्बर- ४ का २ जना र वडा ननम्बर – ८ र १० का एक/ एक जना रहेका छन् । ती संक्रमितमध्ये २ जना भारतबाट र अन्य २ जना मलेसिया र कतारबाट फर्केका थिए । त्यस्तै बिर्तामोड – ६ की एक महिलामा कोरोना पुष्टि भएको छ । उनी भारतबाट फर्केर देवी माविस्थित क्वारेन्टाइनमा रहेकी थिइन् ।

समुदायमा संक्रमण फैल्न सक्ने भन्दै अर्जुनधारा नगरपालिकाले सात दिन र बिर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गरेका छन् ।

प्रतिकृया दिनुहोस्