News Portal

  • किशोरी बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

    रातोपोस्ट संवाददाता
    ७८९ पटक

    गोरखा, साउन १९ । किशोरी बलात्कारको आरोपमा गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।

    १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

    तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित रानाभाटविरुद्ध पीडित बालिका र उनकी आमाले दिएको उजुरीको आधारमा रानाभाट पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

    यसैबीच जनता समाजवादी पार्टीको पालुङटार नगर समितिले अनुसन्धान प्रकृयालाई सहज बनाउनका निम्ति रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)