News Portal

आफैँलाई मट्टीतेल खन्याएर आगो लगाएका क्वारेन्टाइनका युवाको मृत्यु

रातोपोस्ट संवाददाता
५३६ पटक

बुटवल, साउन २०। रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो। शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए।

उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ। देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्