News Portal

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४६६ पटक

काठमाडौं, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप संक्रमितको कन्ट्र्याक ट्रेसिङ शुरु गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । उनीहरुमध्ये अधिकांश सुरक्षाकर्मी रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्