News Portal

  • राजश्व अधिकृत घुस लिएको आरोपमा पक्राउ

    रातोपोस्ट संवाददाता
    ३२६ पटक

    रुपन्देही, साउन २० । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ।

    बुटवल(१३, बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रूपैयाँ लेनदेन गर्दै गरेको आरोपमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।

    रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०।३० बजे पक्राउ गरिएको बताइएको छ।

    यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको थियो। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)