News Portal

  • जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

    रातोपोस्ट संवाददाता
    ६२३ पटक

    काठमाडौं, २१ साउन । पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ। उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुनेछन्।

    नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्।

    तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो। उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन्।

    आजको बैठकले वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशा स्पष्ट गर्दै पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्न बनाउने पार्टीका नेता महेन्द्र श्रेष्ठले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)