News Portal

कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
७८२ पटक

काठमाडौं, साउन २१ । बुधबार एकै दिन देशभर कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ। काठमाडौंमा एक जना तथा विरगन्ज र विराटनगरमा दुई /दुई जनाको मृत्यु भएको हो।

विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई पुरुषको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुको रिपोर्ट नआउँदै ज्यान गएको हो। बुधबार वीरगन्जमा १८ वर्षीया युवती र ४८ वर्षीय पुरुषको निधन भएको थियो।

बान्ता लागेपछि सोमबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका ४८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो ।

उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)