News Portal

भारतमा कोरोनाबाट मर्नेकाे संख्या ४० हजार नाघ्याे, एकैदिन ९ सय बढीकाे मृत्यु

रातोपोस्ट
६८४ पटक

नयाँ दिल्ली, साउन २२ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार पार भएको छ। भारत कोभिड १९ का कारण मृत्यु हुने संख्याका आधारमा खराब मुलुकको पाँचौ स्थानमा छ। बुधवार एकै दिन ९ सय १८ जनाले भारतमा ज्यान गुमाए। २४ घन्टामा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा माथि भएको यो पहिलो पटक हो।

बुधवार भारतमा संक्रमितको संख्या पनि दोस्रो उच्च रहेको छ। एक दिनमै भारतमा ५६ हजार ६ सय ९५ जना नयाँ संक्रमितहरु थपिएका छन्। यो भारतको एकै दिन संक्रमित हुनेको संख्यामा दोस्रो ठूलो रेकर्ड हो। टाइम्स अफ इन्डियाका अनुसार यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६१ हजार ३ सय ५७ पुगेको छ।

संक्रमितको संख्याका आधारमा मृत्यु दर अन्य खराब अवस्थामा रहेका मुलुकभन्दा कम रहेको भारतको दावी रहँदै आएको छ। तर, जुन रफ्तारमा मृत्यु संख्या थपिइरहेको छ, त्यसले भारत कोभिड १९ का कारण चरम संकटतिर जाँदैछ भन्ने प्रस्ट संकेत गर्छ। पछिल्लो एक महिनामा मात्र भारतमा २० हजार जना संक्रमितले ज्यान गुमाएका छन्।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा बुधवार एकै दिन २२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २७ सय १ जनामा संक्रमण देखिएको छ। पूर्वी नेपालसँग जोडिएको पश्चिम वंगालमा ६१ जनाले ज्यान गुमाए। महाराष्ट्रमा एकै दिन ३ सय ३४ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्