News Portal

  • प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ४१० पटक

    जनकपुरधाम, श्रावण २२ । प्रदेश नम्वर २ का एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

    बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले संचारकर्मीलाई जानकारी दिएका छन । गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको जनकपुर अस्पतालले जानकारी दिएको छ ।

    कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको मन्त्री यादवले बताएका छन । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । मन्त्री यादव अहिले मन्त्रालयको निवासमको आइसोलेशनमा छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)