News Portal

  • विप्लवका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ५४६ पटक

    रुकुम, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीले मुसीकोट नगरपालिका–६ घर भएका ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती छन् । आठबीसकोट नगरपालिका–९, राडीबजारबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

    बुधबार राति १० बजे उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको डिएसपी केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)