News Portal

दश वर्षीया बालिकासहित मेचीनगरमा थप आठ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
३९७ पटक

झापा, साउन २२ । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । त्यस्तै बिहिबार झापामा भारतबाट फर्किएका दश वर्षीया बालिकासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं २ का दश बर्षिय बालिकासहित ४ जना र मेचीनगर वडा नं ५, ७, ९ र ११ का एक–एक जना पुरुष रहेका छन । उनिहरु सबै भारतबाट आएर मेचीनगर– १० धुलाबारी स्थीत अतिथि सदन क्वारेन्टाइनमा बसेका थिए ।

थपिएका सबै मेचीनगर नगरपालिकाका रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३४० पुगेको छ । आज मात्र झापाका तीन जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्