News Portal

  • विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन स्थानीय तहलाई परिपत्र

    रातोपोस्ट संवाददाता
    ५५० पटक

    काठमाडौं, साउन २२। शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित परिपत्रमा कोभिड १९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनिएको छ।

    पत्रमा शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन बाँकी रहेको भए प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ।

    शिक्षकहरु विद्यालय आउने व्यवस्था मिलाउने, विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन नराख्ने, यस प्रयोजनका लागि प्रयोग भएका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्न बनाउने पनि भनिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)