News Portal

राजधानीमा फेरि एसिड आक्रमण, दुई जना घाइते

रातोपोस्ट संवाददाता
६५३ पटक

काठमाडौं, साउन २२ । राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति सो आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।

प्रतिकृया दिनुहोस्