News Portal

  • गाउँपालिकाको रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ४२१ पटक

    रुकुम पश्चिम, साउन २३ । सरकारी रकम व्यक्तिगत खातामा जम्मा गरेर कारबाहीबाट बच्न राति कार्यालयमा गई कागजात मिलाउँदै गरेका त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसी छन् ।

    उनीहरूलाई प्रहरीले बिहीबार राति ९ बजे कार्यालयबाटै नियन्त्रणमा लिएको हो । बाहिरबाट ताला लगाई भित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चारै जनालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ ।

    आर्थिक वर्ष २०७६र०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए । विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि कार्यपालिकाले चासो व्यक्त गरेको थियो । यस विषयमा समाचार प्रकाशन भएपछि उनीहरूले रकम गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । यस विषयमा जिल्ला प्रशासनले कार्यालयले छानबिनसमेत थालेको थियो ।

    प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले कार्यालय समय १० देखि ५ बजेसम्म भए पनि उनीहरू राति कार्यालय जानुको कारण खोजी भइरहेको बताए । अहिले उनीहरूलाई जिल्ला प्रहरीमा राखिएको र दिउँसो थप अनुसन्धान गरिने उनले पौड्यालले जानकारी दिए । कान्तिपुर दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)