News Portal

बैतडीमा पहिरोले पुरिएर आमाछोराको मृत्यु

रातोपोस्ट संवाददाता
५७० पटक

बैतडी, श्रावण २३ । पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमाछोराको मृत्यु भएको छ ।

बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसनचन्दले बताए ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरीचौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्