News Portal

पर्सामा थपिए १४१ जना कोरोना संक्रमित, सेना र प्रहरीमा पनि संक्रमण

रातोपोस्ट संवाददाता
४७६ पटक

वीरगञ्ज, साउन २३ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ महिलासहित १४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितहरुमध्ये ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेका छन् । त्यसैगरी नेपाली सेनाका ५ जना, कारागारका २ जना, तथा तराई हस्पिटल, पशु अस्पताल र नेशनल मेडिकल कलेजका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा बारा र रौतहटका पनि चार चार जना रहेका छन् । संक्रमितहरु वीरगन्जको विभिन्न स्थानका व्यक्तिहरु रहेका छन् । सबैभन्दा धेरै सिर्सियाका २२ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सामा पछिल्लो समय संक्रमण र मृत्युको दर बढ्दो क्रममा रहेको छ । त्यसैकारण जिल्लाभर निषेधाज्ञा पनि लागु गरिएको छ ।

प्रतिकृया दिनुहोस्