News Portal

  • शुक्रबार थपिए ४ सय ६४ काेराेनाका संक्रमित

    रातोपोस्ट संवाददाता
    २८८ पटक

    काठमाडौ,साउन २३ । शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

    याेसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

    त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ। त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।

    विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)