News Portal

निर्दोष बन्दिहरुकाे व्यथा-साँच्चै नेपालकाे कानुन अन्धो रहेछ।

बिजय केसी 'विकल्प'
१६१७ पटक

प्रसंग मेरो आफ्नै पक्राउबाट सुरु गरौँ। २६ जेठ २०७२ मा मलाई कञ्चनपुर प्रहरीले पक्राउ ग¥यो । प्रहरीले मानसिक भौतिक यातना मात्र दिएन, बरु अनावस्यक प्रलोभन समेत देखायो । त्यहाँ ममाथि जुन व्यवहार देखायो, त्यो दानवहरुकोे संसारमा मात्र सम्भव छ ।

मैले १०वर्षे जनयुद्धमा कयौं युद्ध मोर्चाहरुको कमाण्ड समालेको छु । ४५ भन्दा बढी लडाईहरु लडेको छु । राजनैतिक उद्देश्य प्राप्तीकोलागि एउटा क्रान्तिकारी पार्टीको निर्देशनमा देश र जनताको मुक्तिकालागि यो सबै गरेको हुँ । म माओवादी जनमुक्ति सेनाको कमाण्डर थिए । माओवादी आन्दोलनमा सहभागि हुनु र जनमुक्ति सेना बन्नु मेरो विचारमा अपराध हुन सक्दैन । मैले मेरो व्यक्तिगत लाभका निम्ति घरपरिवार त्यागेर ज्यानको बाजी राखेर माओवादी पार्टीमा सहभागि भएको होईन । त्यो कल्पना गर्न पनि सक्दैन । मसँग अहिले पनि मेरो बुवाले दिएको अंस बाहेक एक इन्च सम्पत्ति छैन । तथापी केहि सहकर्मी साथीहरुको वारेमा भने अकुत सम्पत्ति आर्जन गरेको भनेर समाचारहरु आउने गरेकाछन् । ती समाचारहरुलाई सही मान्नेहो भने साथीहरुले जनतालाई धोका दिए । त्यसवारे अरु मेरो भन्नु केहि छैन र गुनासो पनि छैन । मैले बुझेको कम्युनिष्ट आदर्श र सिद्धान्तमा म दृढ छु र यस प्रति गौरब गर्छु । मलाई बैंक लुटपाट जस्तो गम्भिर अपराधमा प्रहरीले पूर्णतः पुर्वाग्रह बनेर झुटो, कपोकल्पीत र आधारहिन अभियोग लगाएको छ । म राजनैतिक प्राणी भएकाले विभिन्न परिवेशमा सबै खाले मान्छेहरुसँग चिनजान हुनु स्वभाविक छ । मैले प्रचण्ड, किरण, बाबुराम,बादल लगायत सबै माओवादीका नेताहरुलाई चिन्दछु र सबैसँग युद्धमा सहकार्य गरेकोछु । हजारौं साथीहरु मेरो युद्धका सहकर्मीहरु हुन् । मैले जस्तै उनीहरुले पनि मलाई चिन्छन्, तर आजको दिनमा मैले जुन सजाय भोगिरहेको छु त्यसको एउटा आधार अपराधमा सङ्लग्न व्यक्तिलाई चिन्छु भनेर स्विकार गर्नु हो ।

मैले मेरो मुद्धाको कुराहरु पहिले नै सार्वजनिक गरेकाले दोहोराएर खल्लो बनाउन मन छैन । तर संक्षिप्तमा फेरी पनि भन्छु प्रहरीले सरकारी अधिकारीको हवला गरेर तयार गरिएको अभियोग पत्रमा बताइए अनुसार अपराधमा प्रयोग भएको पेस्तोल मेरो हो भन्ने र मेरो बैंकको खातामा सुसिल कुमार दुलाल भन्ने व्यक्ति सह प्रतिवादीले –दुई किस्तामा दुई लाख र एक लाख पचास हजार रुपैया पठाएको भन्ने आरोपलाई मात्रै प्रमाणित गरियोस्, सि.सि टिभि क्यामेराको फुटेज, नागरिकता, फिङगर प्रीन्ट, पोलीग्राफ सबै ढङगले परिक्षण र अनुसन्धान गरोस । यदि त्यो आरोप प्रमाणित भएमा म आजिवन सधै अपराधि बनेर कारावास बस्न तयार छु । तर न्यायालय जस्तो गरिमामय निकायले साचो बोल्नेलाई सजाय दिने र झुटो बोल्नेलाई उन्मुक्ति दिने काम एक्काइसौं सतााव्दीमा आएर पनि गर्नु दुखद हुनेछ । मलाई लाग्छ अभियोग लगााएर मात्र पुग्दैन प्रहरीले लगाएका थुप्रै अभियोगहरु स्वार्थपूर्ण, पूर्वाग्रहपूर्ण र आवेगपूर्ण हुन्छन् भन्ने कुरा घाम जस्तै छर्लङ छ ।

जहाँ बल प्रयोगद्वारा सही छाप गर्न लगाइन्छ त्यसकारण अपेक्षित प्रतिवादीले अपराध गरेको छ कि छैन भनेर सर्वप्रथम प्रमाणित हुने आधार पेश गर्नु पर्दछ । तर मेरो लगायत थुप्रै मुद्धामा त्यसो गरिएको छैन । त्यसैले यी कुराहरुलाई लुकाएर राख्नु भनेको अर्को अपराध गर्नु हो । मैले भन्न सक्छु,मेरो मुद्धामा फैसला गर्ने जिल्ला अदालत कास्कीका न्यायधिस श्री बिष्णुप्रसाद गाैतमले सामान्य विवेकको प्रयोग समेत गरिएको देखिएन । उच्च अदालतमा समेत घुसिया सरकारी वकील सुरेन्द्र थापाका कारण न्यायधिसहरुको इजलासले न्याय दिन सकेन बरु उल्टै प्रहरीको झुट्टो, काल्पनिक र आधार हिन अभियोग पत्रलाई हचुवाको भरमा प्रमाणिकरण गर्ने काम भयो ।

सामान्य अनुसन्धान नै नगरी बैंकले बुझाएको प्रमाणित स्टेटमेन्टलाई समेत बेवास्ता गरेर दुई फरक मान्छे, दई फरक नागरिकता भएको व्यक्तिलाई एउटै हो भनेर ब्याख्या गरियो । त्यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ? एउटा निर्दाेष नागरिक माथि अन्यायपूर्ण ढंगले न्यायलयद्वारा गम्भीर अपराधमा कसुर ठहर गर्नाले नागरिकको एउटा जीवनमात्र बर्वाद हुदैन, बरु उसको परिवार,छोराछोरी,अभिभावक,आफन्तजन सबैको जीवन ध्वस्त हुने गर्दछ । यसवारेमा न्यायालय जस्तो सम्मानित निकाय जिम्मेवार हुनु पर्दछ कि पर्दैन ? हामीलाई जवाफ आवस्यक छ । निर्दोष नागरिकको जिन्दगी माथि खेलवाड गर्ने कार्यले अपराध नियन्त्रण गर्ने होईन, बरु विस्तारमा मात्र सहयोग पुग्ने छ ।
जीवानमा एउटा नगरेको कलंक भिरेर पहिलो पटक कारागार छिरियो । जेल छिर्दा लागेको थियो, जेलमा सबैजना दोषी,अपराध गरेकाहरुको मात्र झुण्ड हुन्छ । यहाँ सबै खतर्नाक मान्छे मात्र होलान, निर्दोष वा कसुर नगरेको मान्छे कोहि छैन होला । किनकी न्याय सम्पादनको सिन्दान्तमा निकै आदर्शवान सुन्दर कथनी मैले पढेको थिए “सय दोषी छुटुन तर एक जना निर्दोषले सजाय नपाउन” कारगार अथवा जिउदा लासहरुका चिहानमा मैले पनि आफ्नो दैनिकी बिताउन थाले । यहाँ मनबहादुर कामी,रुम बहादुर खवास(बन काइला) जस्ता मानसिक रोगीलाई भेटाए । दण्डपाणी ढकाल जस्ता दृष्टि विहिनहरुलाई भेटाए (देखे) । जेल संसार भन्ने म्यागेजिन मार्फत देश भरका जेलहरुका वारेमा सामान्य रुपमा बुझ्ने मौका पाए । “भुकम्पले सिकाएका पाठहरु” शीर्षकमा मैले पनि प्रतियोगी लेख लेखे । उत्कृष्ट भएकाले छापियो र खुसी लाग्यो । जेलमा पुस्तक पढ्ने अनि लेख्ने लत बसालेकाले मान्छेहरु कम पाए । लेखन र अध्ययन गर्ने बानी पनि सापेक्ष हुन रहेछ । कहिले त्यहि व्यक्ति नियमित अध्ययन र लेखनमा व्यस्त देखिन्छ भने कहिले पूर्ण रुपमा बेचैन भएर तड्पीरहेको पाईन्छ । हो, यो जेल यस्तै जीवनहरुलाई अस्त व्यस्त बनाउने र मान्छेका निम्ति बहुमुल्य सीप, कला र क्षमतालाई अनाहकमा जलाएर खरानी बनाउने भट्टी हो ।

मैले जेलमा रहदा त्यहा रहेका सबैखाले बन्दीहरुसँग सहकार्य गर्दै गए । कोहि पाकेट मारहरु जो पटकै पटक कारागार आउने अनि छुटेर जाने गर्दछन् । आजको मितिमा पनि तिनीहरु केहि यही जेलमै छन् । यथार्थता के रहेछ भने तिनीहरु सडक बालबालिकाहरु रहेछन् । घरपरिवार,अभिभावक र आफन्त केहि थाहा नभएको जेल बाहिर हुँदा मान्छेले फालेको जुठो–पुठो खाएर भोको पेट भर्नुपर्ने, सडक पेटीमा सुतेर रात कटाउनु पर्ने रहेछ । तिनीहरुको लागि जेल आफ्नै घर जस्तै रहेछ । जेल भात नेपालकै भए पनि ओत लाग्ने स्थायी ठाउँ हुन्छ । सरकारले आधामाना चामल र शिक्षा दिन्छ । हुने खाने बन्दीको सेवा गरेवापत मिठो खान र राम्रो लाउन पनि पुग्छ । त्यसैले उनीहरु (यस्ता खाले मान्छेहरु) सचेततापूर्वक जेलमा बढी र बाहिर कम बस्न रुचाउछन् । राज्यले यिनीहरुको सही व्यवस्थापनमा ध्यान नदिने हो भने यिनीहरबाट सानो प्रलोभनमा कल्पना सम्म गर्न नसकिने खालका डरलाग्दा सामाजिक अपराधका घटनाहरु जहासुकै घटाउन सक्ने खतरा रहिरहने छ । जेल उनीहरुको साच्चीकै ससुराली घर जस्तै हो । यहाँ उनीहरुलाई स्वर्गीय आनन्द मिल्छ । जुन खुला संसारमा मिल्न सक्दैन ।

मलाई फुर्सदमा चेस खेल्न मन पर्छ । चेस खेल्ने मेरा साथीहरु थुप्रैछन् । त्यस मध्ये एकजना झन्डै ६८ वर्ष टेक्न आँटेका बिजय गुरुङ काका पनि हुनुहुन्थ्यो । उहाँले जेल जीवन बिताएको ८ वर्ष पुग्दै थियो । मुद्धा मानब बेचबिखन तेतिबेला उहाँको मुद्धा सर्वोच्च अदालतमा चलिरहेको रहेछ । एक दिन उहाँलाई गेटमा बोलाईयो हामी चेस खेल्दै थियो उहाँ पनि गेट नेर आईपुग्नु भयो । कुरा के रहेछ भने सवोच्चले उहाँको मुद्धामा शुद्ध सफाई दिएर फैसला गरेछ । जिल्ला र पुनरावेदनले गरेको फैसला (१०वर्ष) बदर हुने भयो । बिरामीले गम्भीर बनेका बृद्ध भरखर तङ्ग्रीदै थिए । उनको स्वस्थ्य हेर्दा धेरै बाँच्लान जस्तो थिएन । जेलमा पाउदा सम्मको दुख पाए । आखिर निर्दोष रहेछन, झण्डै ८ वर्षको जेल बसाईको क्षतीपूर्ती अब कस्ले दिन्छ ? पाएको मानसिक पीडा, सामाजिक पीडाको भरपाई सम्भव छ ?

निर्दोष वृद्धलाई अन्यायपूर्ण ढंगले झुटो अभियाेेगमा सजाय दिने र जेल हाल्ने ती जिल्ला र पुनरावेदनका न्यायधिसहरुलाई के कुनै कारवाही होला ? झुट्टा प्रहरी प्रतिवेदनलाई सत प्रतिशत सत्य भन्ने ? झट्टो प्रतिवेदन बनाउने प्रहरीको विश्वसनियतामाथि यो यो गम्भिर प्रश्न होईन ? त्यो प्रतिवेदन सत्य हो भनेर प्रमाणिकरण गर्ने न्याय प्रशासन दोषी छैनन् ? जसले निर्दोष नागरिकलाई अनाहकमा ८ वर्ष कारगारमा बन्धक बनाए । नेपालको न्याय प्रशासनले यसको जवाफ दिनु पर्छ कि पर्दैन ?
आदरणीय पाठक बृन्द यहाँ यसो भनिरहदा सम्पूर्ण न्याय क्षेत्र एक्लै असक्षम छ, भन्नु निश्चय नै गलत हुन्छ । सिङ्गो व्यवस्था मै केहि जटिलताहरु पक्कै छन् । कानुनीरुपमा मुद्धाहरुमा गहन अध्ययन गरी बैज्ञानिक र वस्तुवादी ढंगले निष्पक्ष रुपमा सुनुवाई गरेकोछ न्यायलयले । गरेका राम्रा र सकारात्मक कामहरुको सूची लामो हुन सक्छ । त्यसबारेमा कुनै विवाद छैन । तर मैले यहाँ गतल नियत ले व्यक्तिगत वा राजनैतिक स्वार्थ लिएर सर्वोठानी प्रतिवादीको अदालतिय बयानलाई पूरै वेवास्ता गरी निर्दोष नागरिकहरुले पाएको पीडादायी सजायहरुको दुश्गामी असर वारे मात्र उल्लेख गर्न चाहेको छु ।

ती न्यायधीबक्ताहरु जो प्रहरी प्रतिबेदनको छायाँमा गलत फैसला गरी न्यायलयको गरिमालाई धमिलायकाछन् । ती न्याय प्रशासन भित्रका धमिराहरु हुन् उदाहरणकालागि जीवनमा देख्दै नदेखेको वस्तु खैरो हिरोयिनको कारोवारीको झुट्टो कसुर ठहर भएर एउटा सामान्य झगडामा मुछिएको धुवाले वर्षौ जेलमा सड्नु परेकोछ । श्रीमान र श्रीमतिको हैसियतमा रहेका परिवार बीचमा सामान्य असन्तुष्टीकै कारण आवेगमा रहेकी श्रीमतिलाई ढाल बनाएर जवरजस्ती करणीको मुद्धामा प्रहरी अधिकारीले श्रीमानलाई वर्षौ जेलमा जडाउने गरेकाछन् । करणी मुद्धा कुन प्रकृतिको हो र यसले परिवार र समाजमा कस्तो सन्देश दिन्छ भन्ने सम्म ज्ञान नभएका आवेगी महिलाहरु कसैको उक्साहटमा परी आफ्नो जिन्दगीलाई दावानलमा फालिरहेकाछन् । पित्तललाई सुन बनाएर ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ र पक्राउ गरिसकेपछि प्रहरी स्वयमले निजको खल्तीमा २८ ग्राम खैरो हिरोईन राखिदिन्छ । निजलाई मुद्धा पितललाई सुन बनाएको कसुरमा होईन बरु खैरो हिरोइन कारोवारीका रुपमा चलाईन्छ र १०औं वर्ष सडाईन्छ । एउटा यौवाले गुण्डा गर्दी ग¥यो, मान्छे हान्यो भने निजलाई पक्राउ गरिन्छ, जंगल लगिन्छ र नक्कली मुठभेडको नाटक गरिन्छ र गोली हानि हत्या गरिन्छ । यो कस्तो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो ?

जहाँ जनताकै करबाट तलब खाएर ड्रेस र हतियार किनेर जनतालाई सुरक्षा दिने जिम्मेवारी लिएको निकायले आफ्नै नागरिकलाई झुट्टो मुद्धा लगाएर जेलमा सडाउछ । प्रहरी अधिकारीहरुलाई जुन कसुर हो त्यसैमा उचित छानविन गरी आवश्यक छानविन गर्दा के नोक्सान पुग्छ ? यी यस्ता किसिमका केहि नगरेको कसुर सहेर जेल जीवन विताईरहेका नक्कली अपराधीहरुका वारेमा केहि जानकारी उल्लेख गर्न अनुमति चाहान्छु ।
यसले आजका प्रहरी अधिकारी,सरकारी वकील, न्यायधिस र आम नागरिककालागि शिक्षा संपेशण गर्न सहयोगिका रुपमा भूमिका खेल्ने विश्वास छ । मैले केही बन्दी साथीहरुसँग अन्तर संवाद गर्न चाहे । यसरी देख्दा उनका पिडा उनकै भाषामा राखिदिन सजिलो पर्छ । त्यसैले मैले यसरी सोचे । जेल छिरेपछी मैले फुर्सदले पढ्न, लेख्नको लागी समय पाएको छु । यत्रो समयमा त दशवटा रामायण तयार गर्ने बेला हो, तर त्यसरी लेखिरहने मुड नबन्दो रहेछ । तरपनि मैले ८ वटा डायरी लेखिसके । मैले जेल, जेल प्रशासन र बन्दीहरुका जिवन व्यवहारलाई आफ्नै ढङ्गले कैद गरेको छु । अरु धेरै लेख्न भ्याएको छैन । तर सम्पूर्ण अनुभव सङ्गालेको छु, जसलाई सजिलै अक्षरहरुमा बदल्न सक्छु । जेलमा मान्छे अपराध गरेर मात्र पर्छ भन्ने कुरालाई म स्विकार गर्न सक्दैन । यसबारे दुनियालाई बझाउनुपर्छ भन्ने पनि मैले सोंचे । जेलमा अपराधी नै छैनन् त्यो पनि मान्दैन किनकी जेलमा अपराध गरेर (पेशेवर वा परिवन्धनमा) सजाय काटिरहेका पनि छन् । तर जहाँ सुधारको उद्देश्य राखिएको छ त्यहाँ त्यस्तै भएको छ , अझै छैन । यो एउटा फरक संसार हो जहाँको बारेमा दुनिया अज्ञात छ । यसलाई रहस्यता नै राख्दै मैले बन्दिसाथीहरुसँगको अंतर संवादलाई यहाँ जोड्न चाहन्छु ।
केश नं. १
पंक्तिकार :– तपाईको परिचय पाउन सकिएला ? मलाई बास्तविक परिचय दिनुहोला(पत्रकारलाई डर छ किनकी यहाँ आफ्नो यथार्थ लुकाउने हरुको जमात पनि छ )
जवाफ :– मेरो नाम रेशम राज पौडेल । घर चाँहि कञ्चन गाउँपालिका ५ थकाली चोक रुपन्देही प्रदेश नं. ५ मा पर्छ । म अहिले ३० वर्षको भए । पेशाले म यातायात मजदुर हँु । मेरो पारिवारीक पृष्ठभुमी सम्पन्न नै भन्न मिल्छ । परिवारमा बुवा, आमा, श्रीमती, छोरो, भाइ हुनुहुन्छ । एस्.एल.सी सम्मको औपचारीक शिक्षा लिएपनि अनुभव जन्य शिक्षा भने मैले चाहिने जति ग्रहण गरेको छु ।
पंक्तिकार :- जेल कसरी पर्नुभयो ? बताउन मिल्छ भने कृपया मिल्ने जति भन्नुहोला ।
रेशम :– मैले मज्जाले सबै कुरा भन्न सक्छु । मलाइ साँचो आफ्नो वास्तविकता यो समाजलाई भन्नु छ । मेरो पहाड घर बाग्लुङ पर्छ । मेरो बुवाको नाम प्रेम बहादुर पौडेल हो । मैले कामकाजकै सिलसिलामा कल्पना मगरसँग दोश्रो विवाह गरे । उनलाई रुपन्देही कै सैनामैनामा कोठा भाडा लिएर राखे । उनको र मेरो प्रेमपूर्ण सम्वन्भ थियो, हाम्री एउटी सन्तान छिन प्रकृति । २०७२ कार्तिक ४ गते म सवारी दुर्घटनामा परे र गम्भिर घइते बने, खुट्टा धुजाधुजा भयो । अस्पतालमा रहँदा सम्पूर्ण हेरचाह गर्ने कल्पना नै थिईन् । उनले मेरो मलमूत्र समेत सफा गरेकी छिन्, उनिप्रति म ऋणि छु । अस्पतालको वार्डवाट चल्नै नसक्ने गरि थला परिरहेको बेला उनको सहाराको जति आवश्यकता थियो भरपुर गाएँ । त्यो गुनको मूल्य कहिल्यै पनि चुक्ता गर्नै सक्दैन । म बेडरेस्टमा थिए, एकदिन अर्थात चैत्र ८ गते मलाई सालझण्डि प्रहरी चौकीका इन्चार्ज सुभाष खड्काले फोन गरेर चौकीमा बोलाए । म गए । अफसोस त्यहाँ ति मेरी कान्छि श्रीमतिको जाहेरीमा जवरजस्ति करनीको निवेदन दर्ता गरिएको रहेछ । म छाँगाबाट खसे जस्तो भए । चैत्र६ मा करणि गरिएको भनिएको छ, ६ गते उनलाई भेटेको पनि छैन, म उक्त दिन काठमांडौ थिए । घरमा कोहि नभएको समयमा कल्पनालाई उसको दिदीको घरबाट आफ्नो घरमा लगेर जबरजस्ति गरेको भनिएको छ, जब की कल्पना म भन्दा बलिष्ठ छिन । म बैशाखिको सहाराविना सिधा उभिन पनि सक्दैन । फेरी जबरजस्ती त कहिल्यै गरेको छैन । २३ वर्षकी कल्पनाले त्यो अवस्थामा मलाइ एक झापड दिईन भने म ढल्नुपर्थ्यो । मेरो शारिरिक अवस्थाको बारेमा त्यहाँको प्रहरीलाई सबै जानकारी छ, तर त्यो झुठो निवेदन कसरी दर्ता गरियो ? मैले अहिले सम्म पनि बुझ्न सकिन, म के कारणले जेलमा एउटा कलंकको पात्र बनेर बस्नुपरेको छ ? त्यो नै थाहा छैन । मलाई त बहु बिवाह सम्मको कसुर लाग्न सक्छ, तर हँदै नभएको कसुरको भागिदार भएर जेलमा बस्नुपरेकाले म निकै पिडित छु । म मेरो सत्यकुरा जुनसुकै बैज्ञानिक प्रयोगशालमा परिक्षण गर्न तयार छु । तर त्यो झुटो अभियोग लेख्ने पत्रकारलाई पनि परिक्षण गर्नुपर्दछ ।
पंंक्तिकारः हैन के भन्दै हुनुहुन्छ ? यस्तो पनि संम्भव छ ?
रेशम :- संम्भव मात्र होईन मैले नखाएको विषको कष्ट यहाँ भोग्दैछु । अपांग श्रीमानले एउटी बयस्क परिपक्व श्रीमतिलाई जवरजस्ती करणी गर्न सक्छ भनेर अदालतले मान्यो । अदालतले मलाई देखेको छ, तर मलाई बलात्कारी भनेर ठहर ग¥यो । मेरो अदालतको वयानको भ्यालु भएन । मेडिकलको रिपोर्टले वास्ता राखेन । पीडित भनिएकी कल्पनाले अशक्त छ भन्दा पनि न्यायलयले सुनेन । पिडकको फिङ्गर प्रिन्ट पिडीतको कपडाको परिक्षण सम्म नगर्नु अन्याय हो ।
पंक्तिकार :- होईन गल्ती प्रहरीको देख्नुहुन्छ कि न्यायलयको ?
रेशम :- सबै भन्दा ठूलो गल्ती न्यायलयको हो । न्यायलय ल्याव सम्पादनको केन्द्र हो । उसले सही छानबिन बिना निष्पक्ष छानविन र अनुशन्धान विना नै हचुवामा फैसला गर्छ । प्रहरीले बनावटी अपराधी पेश गर्छ, बन्दुक तेर्साएर सहीछाप गराउछ । मलाई त प्रहरी अदालत भन्दा माथि भए जस्तो लाग्छ । सरकारवादी मुद्धामा हामी जस्तो सर्वसाधारणकालागि न्यायलयको काम नै छैन । सिधै प्रहरीले बनाएको कथालाई प्रमाणिकरण गरेर मनपरी ंगले जेल हालिदिए हुन्छ, हाम्रो नेपालमा ।
पंक्तिकार :- आरमै हुनुहुन्छ ? हजरको छोटो परिचय पाऊँ न ।
जवाफ दिदैछु । प्रदेशमा जेल जीवन बिताउने छु । मेरो नाम रमेश शाह हो, म मोतिहारी विहार राज्य भारतको नागरिक हु । अब ३० वर्ष लाग्दैछु । जेल बसेको ८ वर्ष भयो ।
पंक्तिकार :- तपाईलाई कुन मुद्धामाा जेल बस्नु प¥यो? भन्न सक्नुहुन्छ ?
रेशम :- हो, म साथी भााइको संगतले दुःख नगरी पैसा कमाउने भ्रममा परे । हामीले नक्कली सुनको काम ग¥यौं र गहना सफा गर्ने काम पनि ग¥यौं ग्राहकलाई झक्काएर गहना कसुर गरेका थियौं । मसँग मेरो साथी प्रकाश पटेल पनि पक्राउ परेको छ ।
पंक्तिकार :- तपाई कहिले कहाँबाट पक्राउ पर्नु भयो ?
रेशम :- मलाई पोखराको एयरपोर्ट नजिकबाट २०६९ बैशाख २२ मा पक्राउ गरेको हो तर अर्को मिसिलमा पृथ्वी चोकबाट भनेर उल्लेख गरेको छ । म र मेरो साथी प्रकाश पटेललाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो । ठगिको आरोपमा हो हामीले गल्ती गरेकाहौ । हामीलाई पक्राउ गरेपछि २८ दिन सम्म म्याद थप्दै नथपी प्रहरीले अपहरण गरेर बेपता बनायो र त्यसपछि प्रहरी आफैले २८ ग्राम खैरो हिरोइन हालिदियो । मैले त खैरो हिरोईन जीवनमा देखेको पनि छैन । आज सम्म नदेखेको वस्तुलाई हाम्रो हो भनेर राखिदियो अनि मुद्धा चलायो । ठगिमा २÷४वर्ष कैद र जम्मा ३ लाख जरिवाना तोकेको थियो । त्यो कसुर हामीले गरेकाले स्विकार्य छ, तर खैरो हिरोईनको कारोवारी बनाएर मुद्धा चलायो । जसमा १० वर्ष कैद सजाय तोकोछ र ७५ हजार जरिवाना ।
पंक्तिकार :- तपाई झुट्टो बाेल्दैत हुनुहुन्न ? तपाईलाई नार्को,पोलिग्राफ जस्ता वैज्ञानिक ढंगले परिक्षण गरियो भने सब पत्ता लाग्छ नि फेरी ?
रेशम :- म तयार छु । हुनत तयार भएर पनि के काम ? अब ८ वर्ष पुगिसक्यो जेल बसेको नगरेको गल्तीको कसुर भोग्दैछु । मैले खैरो हिरोइन देखेको ने छैन । यहाँ त प्रहरीले खैरो हिरोईन बोकेर हिड्दे रहेछ, अनि हामी जस्ता युवालाई खल्तीमा राखेर फसाउदो रहेछ । त्यसबेलाको प्रहरी निरिक्षक रबिन्द्रनाथ पौडेल , सुदर्शन गोल्न र भरतहरुलाई पाप लाग्नेछ । हाम्रो जिन्दगी बर्वाद पारी छोडे ।

केश २

पंक्तिकार :- क्या ह्याण्सम हुनुहुन्छ । के छ हालखबर ? हजुको घर कहाँ हो ? कसरी जेल पर्नु भो ?
जवाफ :- ठिकै छ म अभिषेक सुनार हु र मलाई साथीभाइले लगुन भनेर पनि बोलाउनछन् । म २९ वर्षको भए । पोखरा लेखनाथ नगरपालिका २९ स्थीत मेरो घर हो । जेल पर्नाको कहानी लामो छ । कसरी बताऊ ! त्यो फ्लास व्याक गर्दा बेचैन मात्र भइन्छ । मेरो त एउटा साउथ इन्डीयन कथा जस्तो पो छ ।
पंक्तिकार :- कृपाया म पनि तपाईको साथी हो मलाई भन्नु न आफ्नो पीडा साथीलाई सुनाउदा एकक्षण भए पनि मन हलुङ्गो हुन्छ भन्छन नि हैन ?
अभिषेक :-
तपाईको कुरा पनि सही हो । मेरो कहानी सुन्नलाइ फुर्सद चाहिन्छ, लामो छ कहानी झिजो नमान्नु होला । (मैले कुरा मज्जाले सुन्ने र संश्लेषण गर्ने गरेर बुझ्ने बचन दिए) म पोखरामा हुर्केको युवा हो मैले जानेर केहि नराम्रो गरेको छैन । स्थायी जागिर छैन, तर ठेक्का पट्टा गर्ने काम गर्थे त्यस फिल्डमा हल्का झैझगडा, केटाहरुको समुहमा भैहाल्ने रहेछ । मलाई कास्की जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्धा छ भन्ने थाहा थियो । त्या पनि प्रमाण हिन आरोपमा सिमित थियो । प्रहरीले मलाई खोजिरहेको थियो । म प्रहरीसँग बचेर हिडिरहेको थिए । मैले आफ्नो अनुकुलतामा अदालतमा आत्मसमर्पण गर्नुपर्छ र आफूमाथिको आरोपालाई क्लियर गर्नुपर्छ भन्ने लागिरहेको थियो । अदालतिय म्याद बाकी नै थियो । मेरो कारणले मेरो घरपरिवारले र साथीभाइहरुले समेत प्रहरी प्रशासनको टर्चर सहनु परेकोथियो । त्यो कुरा मैले महसुस गरिरहेको थिए । अदालतमा पेश हुने चाहि समय थियो । म भारतमा आफन्तलाई भेटे अनि फ«ेस भएर नेपाल फर्किएर ती मुद्धा मामिलाको सामना गर्छु भनेर नेपालको कञ्जनपुरमा आइपुगेको थिए ।
पंक्तिकार :- चाख लाग्दो छ है कहानी, अनि के भयो ?
अभिषेक :-
अनि म महेन्द्रनगरको होटल कलसको कोठा नं. १०६ मा बसेको थिए । मेरो फोन नं. प्रहरीले ट्रेस गरेको रहेछ । साथीभाइ घरपरिवारसँग नियमित फोन त हुने नै भयो । जव म यहाँ छु भन्ने थाहा भयो, तब मलाई त्यहिको प्रहरीले होटलबाटै पक्राउ ग¥यो–२०७२ पौष २३ गते । २४ गते यहि कास्कीबाट प्रहरी निरिक्षक उमासंकर झाको नेतृत्वमा प्रहरी मलाई ल्याउन गयो र मलाई २४ गते त्याहाबाट यहाँ प्रहरी भ्यानमा राखेर ल्यायो । मसँग कुनै पनि वस्तु बरामत भएको छैन । तर यहाँ पुग्नैलाग्दा घरेपाटन नजिकैको जंगलमा आएपछि बैदाम प्रहरीको भ्यानमा सारियो । त्यो भ्यानले मलाई २ जना सिआइडिको रोहबरमा आँखा अस्पतालमा लगेर झा¥यो । मलाई हिडाउदै तिनकुने चोकमा लग्यो र तिनै प्रहरीले अपराधी भेटिएके भनेर हल्ला खल्लाको नाटक गरे । एउटा प्रहरी हवल्दारले मेरो खल्तीमा १० ग्राम खैरो हिरोइन राखिदिएको रहेछ । मैले होईन भनेर कराए, तर उनीहरुले एउटा नाटक रचेर फसाउनु थियो, मेरो के लाग्छ ? अनि बैदाम प्रहरीले तिनकुने चोकमा पक्राउ गरी तलासी गर्दा १० ग्राम खैरो हिरोइन भेटिएको भनेर एउटा काल्पनीक घटना मुचुल्का तयार पारियो । मैले कञ्चनपुर अस्पतालमा प्रहरीले २३ गते पक्राउ गरेपछि मेडिकल चेकअप गराएको भरपाई समेत पेश गरे । कलस होटलमा बसेको त्यहाँ प्रहरीले धरपकड गरेको सि.सि .टिभी फटेज पनि छ तर पनि यहाँको प्रहरीले यत्रो सडयन्त्र गरेर फसायो । प्रहरीले जे गरेपनि हुदोरहेछ ।
पंक्तिकार :- फैसला कसरी गर्यो ? तपाईको अदालतको वयान अलिकति पनि हेरिएन न्यायलयबाट ?
अभिषेक :-
अह केहि भएन । ज्यान मार्ने उद्योगमा मलाई सफाई मिल्यो, मेरो साथीहरु उदय सुनार, दिपक कुमाल, आशिष सुनारहरुलाई सफाई मिल्यो । तर यो जिन्दगीमा चुरोटसम्म नखाने मान्छेलाई यस्तो चिजमा फसाईयो । मलाई प्रहरीले तयार पारेको काल्पनिक अभियोगमा ७ वर्ष केद र १० हजार रुपैया जरिवानाको सुनुवाई ग¥यो । अपराधको छानविन नै नगरी प्रहरीले पार्ने झुट्टो अभियोग पत्रलाई मात्र आधार मानेर फैसला गर्नु न्यायलयको गल्ती हो । यो नेपालको असाध्यै नराम्रो नजिर हो । साच्चै नेपालको कानुन अन्धो रहेछ र प्रहरी प्रशासन अदालत भन्दा पनि माथि रहेछ । जव नागरिकलाई अदालतले नै न्याय गर्दैन तव हामीलाई यो सरकारवादी अदालत आवश्यक छैन जस्तो लाग्छ ।
पंक्तिकार :- ओ एम जी यस्तो पनि हुदोरहेछ है ? म त मलाई मात्र अन्याय भएको होला भन्ने ठानेको थिए । ती प्रहरी जसले तपाईको खल्तीमा खैरो हिरोईन राखेर तिनकुने चोकमा नाटक मंञ्जन गरी पुनः पक्राउ गरेको अभिनय गर्नेलाई भट्नुभयो ? के भने तिनीहरुले ?
अभिषेक :-
हो मसँग तिनीहरुको कुरा भयो । उनीहरुले तिमीले मान्छे हानेर भाग्यौ र फेरी मान्छे हान्यौ, हामीले आफ्नो इच्छाले होईन माथिको आदेश अनुसार ब्राउन सुगर हालिदियौ । हामीसँग रिसिवी नराख है । भनेर मलाई भने । मजस्तै देशका अरु युवाहरुलाई पनि प्रहरीले फसाएको छ, यस्तो झुट्टो कसुरमा । अदलतले राम्रो छानविन गर्दैन ति प्रहरी जस्ले खैरो हिरोइन बोक्छन्, कार्यकुसलता र बहादुर देखाउन हिरोईनको सहारा लिन्छन् तिनीहरुलाई कारवाहि हुनुपर्छ । तिनीहरु जस्ले भुटो अपराधी खडा गर्छन–लाई पोलिग्राफ र नार्कोमा परिक्षण गरिनु पर्छ ।
पंक्तिकार :- माथिको आदेश भन्नाले ? तपाईले कस्लाई भनेको भनेर बुझ्नुभयो ?– ती प्रहरी अधिकारीले ?
अभिषेक :-
खै मुद्धाफाँटका निरिक्षक देवीप्रसाद पौडेल हो कि, प्रहरी इन्चार्ज हरीपाल हुन् अथवा सरकारको आदेश हो थाहा भएन । यो पंक्तिकारलाई भने गम्भिरतापूर्वक लागिरहयो–के सरकारले देशका युवालाई खैरो हिरोईन खल्तीमा राख्दै जेलमा सडाएर समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्ला ?

लेखक: विजय केसी (विकल्प)पुर्व जनमुक्ति सेनाका व्रिगेड कमाण्डर हुनुहुन्छ ।उहाँ हाल कास्की कारागार पोखरामा जेल जीवन बिताइरहनु भएको छ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal