News Portal

  • आजदेखि मेचीनगरका दुई वडामा लकडाउन

    रातोपोस्ट संवाददाता
    ४७२ पटक

    झापा, साउन २३ । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएसंगै ९ र १० वडामा आजदेखि अनिश्चतकालको लागि लकडाउन हुने भएको छ ।

    कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं. ९ र १० मा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने, औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तिय संस्था (बैँक, फाइनान्स र सहकारी) स्वास्थ्य सुरक्षण विधि अपनाई सञ्चालन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै घर वाहिर निस्कदा सवै नगरवासीले मास्कको प्रयोग अनिवार्य गर्ने, समुदायस्तरमा पहिलो कोभिड–१९ संक्रमण देखा परेको र थप परीक्षणको परिणाम आउन बाँकी रहेकोले नगरभित्र संक्रमणको जोखिम बढेको हुँदा सम्पूर्ण नगरवासीमा आवश्यक सावधानी अपनाउन र सचेत रहन अनुरोेध गर्ने निर्णय भएको छ ।

    छलफलमा प्रदेश नम्बर १ का सभा सदस्य गोपालचन्द्र बुढाथोकी, कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ प्रमुख प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, सामाजिक विकास समिति संयोजक नविन बराल, कार्यपालिका सदस्य टिका मग्रान्ती, कृष्ण कनाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)