News Portal

  • रुपन्देहीमा कार अनियन्त्रित हुँदा दुर्घटना : तीन जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २०३ पटक

    बुटवल, साउन २४ । भैरहवा परासी सडकखण्डमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो।

    रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं. को कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ।

    उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

    मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ। दुर्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मृत्यु भएको हो। चौधरी कारका चालक हुन्। घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)