News Portal

  • पछिल्लो २४ घण्टामा थपिए ३ सय ७८ जना संक्रमित, ३ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २२६ पटक

    काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज देशभरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

    सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)