News Portal

सरकारी चिकित्सक संघमा डा. रविन खड्का निर्वाचित

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौं, श्रावण २४ । सरकारी चिकित्सक संघमा डा. रविन खड्का विजयी भएका छन्। संघको आज भएको विधुतिय मतदानमा डा खड्काले अर्का प्रत्यासी डा. समाज गौतम भन्दा बढी मत ल्याएर विजयी भएका हुन्।

डा. खड्काले ४८० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याएका छन्। संघका ७६८ मतदाता मध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डा रुद्र मरासिनीले जानकारी दिए।

संघको वरिष्ठ उपाध्यक्षमा डा. विजय थापा विजयी भएका छन्। थापाको ४३९ मत आएको छ। उनका प्रतिस्पर्धी डा. राम प्रसाद सापकोटाको २६८ मत आएको छ। उपाध्यक्षमा डा. सुशील मोहन भट्टराई विजयी भएका छन्। डा. भट्टराईको ४६६ मत आएको छ। उनका प्रतिस्पर्धी डा. विप्लव घिमिरेको २४६ मत आएको छ। यस्तै महासचिवमा डा. किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा. विजय कुमार साहको ३०६ मत आएको छ।

यस्तै, सचिवमा डा. रोशन भगत चौरासिया विजयी भएका छन्। उनले डा. विश्वनाथ अधिकारीलाई हराउँदै सचिवमा विजयी भएका हुन्। डा. चौरासियाले ४ सय २८ र डा अधिकारीले २ सय ७३ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा सबैभन्दा बढी मत प्राप्त गर्दै डा. सुधा साही विजयी भएकी छिन्। उनले ५ सय ३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। उनकी प्रतिस्पर्धी डा. झुमा सिलवालले २ सय ५ मत प्राप्त गरेका थिए। यस्तै संघको सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव शाह, डा प्रकाश भट्टराई, डा विजय कुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुशन भट्टराई निर्वाचित भएका छन्।

डा अर्चना केसी ४ सय ९५, डा कपिल गौतम ४ सय ४९, डा कुशल खनाल ३ सय ३३, डा गौरव शाह ४ सय ३९, डा प्रकाश भट्टराई ४ सय ७१, डा विजय कुमार मेहता ३ सय ९५, डा विजय गुरुङ ४ सय ३२, डा हेमा जोशी ३ सय ८८ र डा सुशन भट्टराई ३ सय ३६ मतका साथ विजयी भएका हुन्। उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ। कुल ७ सय ६८ मतदातामध्ये ७ सय २३ जनाले मतदानमा भाग लिएका थिए।

प्रतिकृया दिनुहोस्