News Portal

  • खोलामा खस्दा दुई बालक बेपत्ता

    रातोपोस्ट संवाददाता
    ६३१ पटक

    प्युठान, साउन २४ । साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् ।

    जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएका हुन् ।

    उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)