News Portal

गोगंबुमा सुटकेसभित्र शव फेला

रातोपोस्ट संवाददाता
४७५ पटक

काठमाडौ,साउन २५ । गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ।

आइतबार बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।

‘सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ,’महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने।

उनका अनुसार शव पहिचान भइसकेको छैन। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।

प्रतिकृया दिनुहोस्