रातोपोस्ट संवाददाता

काठमाडौं, साउन २५ । गृह मन्त्रालयले सातवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ ।
सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ । गृह मन्त्रालय सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ बनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।
त्यस्तै सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ । त्यस्तै सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओ बनाइएको छ ।