News Portal

  • रहेनन् झापाका अग्रज पत्रकार अमृतलाल

    रातोपोस्ट संवाददाता
    ४१४ पटक

    झापा, साउन २५ । वरिष्ठ पत्रकार अमृतलाल श्रेष्ठको ६४ वर्षको उमेरमा आइतवार निधन भएको छ । विर्तामोडको विर्तासिटी अस्पतालमा उपचाररत श्रेष्ठ मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए ।

    दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी लामो समयदेखि उपचाररत थिए । झापाको धुलावारी निवासी पत्रकार श्रेष्ठको आइतवार अपरान्ह पौने ६ बजे मेचीनगर १० निजी निवासमा निधन भएको हो

    मिर्गौला सम्वन्धी समस्याका कारण विर्तामोडको विर्तासिटी अस्पतालमा उपचाररत आज घर फर्काइएको थियो । हस्पिटलबाट घर पुर्याएको केही घण्टमामै उनको निधन भएको बताइएको छ ।

    राष्ट्रिय समाचार समितिका मेची अञ्चल प्रमुख थिए । नेवा पत्रकार राष्ट्रिय दबू केन्द्रीय कार्यसमिति लगायत विभिन्न संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत भएका थिए। उनी धुलावारी जेसीजका पूर्व अध्यक्ष समेत रहेका थिए । श्रेष्ठका पत्नी, दुई छोरा र एक छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)