News Portal

  • मुसाका कारण चार जिल्लामा विद्युत् अवरुद्ध

    रातोपोस्ट संवाददाता
    ३६४ पटक

    काठमाडौं, साउन २६ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको विद्युत प्राधिकरणको सबस्टेसनको इनकमरमा मुसा पस्दा शनिबार साँझदेखि उदयपुरसहित चार जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।

    सबस्टेसनको इनकमरमा मुसा पसेर विद्युत सर्ट हुँदा सबस्टेसनमा आगलागी भई तारहरु जलेकाले विद्युत आपूर्तिमा समस्या भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

    शनिबार साँझ करिब सात बजे गाईघाट फिडरमा मुसा पसेर विद्युत सट हुँदा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा विद्युत अवरुद्ध भएको इन्जिनियर सञ्जीव कर्णले बताए। जलेको फिडर मर्मत गर्न अझै केही दिन लाग्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)