News Portal

  • भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

    रातोपोस्ट
    २९९ पटक

    एजेन्सी, साउन २६ । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)