News Portal

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
७७७ पटक

पाेखरा, साउन २६ । गण्डकी प्रदेशमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा कास्कीको पोखरा महानगरपालिकामा २, पर्वत १, तनहुँ २, स्याङजा १ र नवलपरासी पूर्वमा २ जना रहेका छन् ।

कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६२० पुगेको छ । गण्डकी प्रदेशमा २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको ५६३ ओटा नमूना परीक्षणमा थप ८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश अन्तर्गतका क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ जनाको नमूना परीक्षण भएको निर्देशनालयले बताएको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४७० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या १४४ रहेको छ । प्रदेशमा संक्रमण भएका १ हजार ६२० मध्ये अहिलेसम्म १ हजार ३९० जना पुरुष र १९२ जना महिला रहेका छन् ।

प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका नौ ओटा जिल्लामा १ हजार १६ जना क्वारेन्टानइमा रहेका छन् । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।

प्रतिकृया दिनुहोस्