News Portal

सुराकी गर्ने जनप्रतिनिधिकाे जनताले शिर छेदन गर्ने युवा संगठनकाे चेतावनी

रातोपोस्ट संवाददाता
५४७ पटक

जुम्ला ।सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन भेरी-कर्णाली ब्युरो इन्चार्ज दिपले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विरुद्ध सुराकी गर्ने जनप्रतिनिधिहरुकाे जनताले शिर छेदन गर्ने चेतावनी दिएका छन्।

यहि श्रावण २४ गते जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ६ स्थित पार्टीको संगठनात्मक कामको सिलसिलामा जनभेटघाट र छलफलमा हिंडिरहेको बेला उक्त वडाका जनप्रतिनिधि भक्त बहादुर रोकायाले ३० जना गुण्डा प्रयोग गरी संगठनका जुम्ला जिल्ला अध्यक्ष क. नवीन, नेकपाका जिल्ला सचीव क. उदय र पार्टी समर्थक क. सपनालाई दुर्व्यवहार गरी प्रहरी प्रशासनलाई सुराकी गरी पक्राउ गराइएको र गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ब्युरो इन्चार्ज दिपद्वारा जारी विज्ञप्तिमा भनिएको छ-विश्व जगत र नेपाल कोरोना भाइरसको महामारीले आक्रान्त भईरहेको यस दु:खद समयमा पार्टी र संगठनले पनि सोही अनुसार आक्रामक गतिविधिलाई रोक्ने र कोरोना विरुद्धको लडाइँमा सरकारलाई अप्ठ्यारो नपार्ने निति अगाडि सार्यो । तर वर्तमान दलाल पुँजीवादी सत्ताले कोरोना विरुद्ध आफ्ना संयन्त्र प्रयोग गर्नुको साटो सम्पुर्ण संयन्त्र जनताको आवाजलाई बन्द गर्न र आफ्नो भ्रष्ट कर्तुत ढाकछोप गर्न प्रयोग गरिरहेको छ । तपाइँ हामीलाई अवगत भएको नै विषय हो, कि अहिलेको दलाल सत्ताका कथित स्थानीय जनप्रतिनिधिहरु सम्पुर्ण रुपमा भ्रष्टाचार र कमिसनमा लिप्त छन्, जुन स्थानीयतहमा भईरहेको भ्रष्टतन्त्र र कमिसनतन्त्र विरुद्ध हाम्रो पार्टी र संगठनले आफ्ना गतिविधि अघि बढाइरहेको छ । यहि जनगतिविधिलाई घनिभुत पारिरहँदा यहाँका स्थानीय दलालहरुको निद हराम भएकाले नै जुम्ला घटना हुन पुगेको हो, जसको हामी तिव्र घृणाका साथ घोर भत्सर्ना गर्दछौं ।

गिरफ्तार गरिएका ३ जना कमरेडहरुलाई शिघ्र रिहाईको माग गर्दै, उहाँहरुलाई तत्काल रिहाई नगरिए जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर ६ का कथित जनप्रतिनिधि भक्त बहादुर रोकाया र उनको गुण्डाहरुलाई समयक्रममा जनताले उनीहरुको शिर छेदन गर्ने छन् भन्ने चेतावनी सहित यो वक्तव्य प्रकाशीत गरिएको छ ।
विज्ञप्तिकाे पुर्ण पाठ।

प्रतिकृया दिनुहोस्