News Portal

नेपालमा सोमबार थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं, साउन २६ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १४० जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्