
विराटनगर साउन २६ । प्रदेश १ मा झापामा ९ सहित ४२ जना संक्रमित थपिएका छन्। मोरङका १६, सुनसरीका १४, झापाका ९ , खोटाङ, धनकुटा र प्रदेश १ बाहिरका एक/ एक जनामा सोमबार कोरोना देखिएको हो।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ महिला ८ पुरुष, धनपालथान गाउँपालिकामा १ महिला २ पुरुष, सुन्दरहरैचामा ३ र पथरीशनिश्चरे नगरपालिकामा एकजना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा ९, इटहरी उपहानगरपालिकामा १ र रामधुनी नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।
झापाको भद्रपुरमा ३ जना, गौरादहमा ५ जना र कमल गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । धनकुटामा १ जना र खोटाङमा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सिराहको एकजना संक्रमित थपिएका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म एक हजार चार सय ६५ पुगेको छ। सोमबार उपचारपछि निको भएर पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट २९ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई जना डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका पाँच, सोलुखुम्बु र प्रदेश १ बाहिरका दुई/दुई जना रहेका छन्। प्रदेश १ मा हालसम्म उपचारपछि कोरोना पराजित गरेर डिस्चार्ज हुनेको संख्या एक हजार १४ पुगेको छ।