News Portal

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

रातोपोस्ट संवाददाता
८३९ पटक

काठमाडौं, साउन २६ । प्रहरीले गोंगबु हत्या काण्डमा संलग्न रहेको आरोपमा उक जना महिलालाई पक्राउ गरेको छ ।

आइतबार गो‌ंगबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएका थिए । प्रहरीले महिलाका श्रीमान् विदेशमा रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्