News Portal

भट्टलाई तत्काल काम गर्न नदिनु : उच्च अदालत पाटनको आदेश

रातोपोस्ट संवाददाता
५१४ पटक

काठमाडौं, २७ साउन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील भट्टलाई तत्काल काम नगराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबारसम्मका लागि भट्टलाई काममा नलगाउनु भनी सरकारका नाममा आदेश जारी गरेको हो । सरकारले गत साता लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेको थियो ।

भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले आइतबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्