News Portal

प्रदेश १ मा ९८ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५९७ पटक

विराटनगर, २७ साउन । प्रदेश नंम्बर १ मा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमध्ये ६१ जना मोरङका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा २१ महिला र २९ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी बुढीगंगा गाउँपालिकामा १० जना र बेलबारी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीमा १८, उदयपुरमा १५, झापामा दुई, इलाममा एक र ताप्लेजुङमा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मंगलबार थपिनेमध्ये ६४ पुरुष र ३४ महिला छन् ।

प्रदेश १ मा मंगलबार १ हजार ६८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।

प्रतिकृया दिनुहोस्