News Portal

मृगौला पीडित निर्मला उपचारको लागि युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपद्वारा ४५ हजार आर्थिक सहयोग

रातोपोस्ट संवाददाता
११५८ पटक

झापा, साउन २७ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी झापा मेचीनगर – ८ की निर्मला ढुंगानाको उपचारमा युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपले आर्थिक सहयोग गरेको छ । ग्रुपले निर्मलाको उपचारमा ४५ हजार आर्थिक सहयोग गरेको छ ।

मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला आर्थिक अभावका कारण यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी उनको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन ।

आर्थिक अभावका कारण उपचारमा समस्या आएपछी छोरी बचाईदिन ढुंगाना परिवारले देश तथा विदेशमा रहेका सहयोगी मनकारी नेपालीलाई आग्रह गरेका थिए ।

मेचीनगर–८ प्रतिभा टोल निवासी हाल रोजगारीका शिलशिलामा कुवेतमा रहेका छबि तिम्सिनाले कुवेतबाट निर्मलाको उपचारर्थ युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपबाट नगद ४५ हजार आर्थिक सङ्कलन गरी नेपाल पठाएका हुन् । सो रकम उनकी आमा महेश्वरी तिम्सिनाले निर्मलाको घरमा नै पुगेर हस्तान्तरण गरेकी हुन् ।

निर्मलालाई सहयाेग गर्न ईच्छा हुनु भएका सहयोगी मनहरुले निर्मलाकाे नेपाल राष्ट्रिय बैककाे खाता नम्बर (०५५०११०६५१२३९००००००१) र निर्मला ढुंगानालाई ९८०६०८०२७४ सम्पर्क गरेर सहयोग गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्