News Portal

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३२ घाइते

रातोपोस्ट संवाददाता
३१६ पटक

डाेटी,साउन २८ । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए।

बस सडकबाट करीब ३० मिटर तल खसेको छ। वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्