News Portal

भारतीय मूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति उम्मेदवार

रातोपोस्ट संवाददाता
७४२ पटक

एजेन्सी, साउन २८ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जोय बाइडनले उपराष्ट्रपती पदमा भारतीय मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका छन् ।

योसँगै अमेरिकी उपराष्ट्रपति पदमा लड्ने कमला पहिलो अश्वेत महिला बनेकी छन् । कमला भारतीय-जमैकन मूलकी अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन (२००८) र गेराल्डीन फेरारो (१९८४) बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् ।

कमला अहिले क्यालिफोर्नियाबाट अमेरिकी तल्लो सदनकी सांसद हुन् । कमलाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने दौडमा बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएपछि नै उनको नाम उपराष्ट्रपती पदका लागि चर्चामा रहेको थियो । उनी क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्ता समेत हुन् ।

५५ बर्षिय कमलाको चयनसँगै अब बाइडेन-कमला डेमोक्रेटिकबाट साथै राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक पेन्स रिपब्लिकनबाट अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार बनेका छन् । उनले पेन्ससँग अक्टोबर ७ मा निर्वाचन डिबेटमा भाग लिने छन् ।

बाइडेनले कमलालाई उपराष्ट्रपतिको उम्मेदवारमा छानेपछि राष्ट्रपति ट्रम्पले भने कडा आलोचना गर्दै कमजोर उम्मेदवार छानेको प्रतिक्रिया दिएका छन् । ट्रम्पले कमलाले प्रहरीको अपमान गरेको आरोप समेत लगाएका छन् ।

हालै अमेरिकामा भएको जर्ज फ्लोयडको मृत्यु प्रकरणमा प्रहरीमा व्यापक सुधार गर्नुपर्ने अवाज उठाउने सांसद मध्ये कमला ह्यारिस पनि एक हुन् । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवारमा छान्नुमा पनि यो प्रमुख कारण मानिएको छ ।

प्रतिकृया दिनुहोस्