News Portal

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४ हजार ४३२ पुग्यो

रातोपोस्ट संवाददाता
४१५ पटक

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामै थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्