
झापा,साउन २८ । समुदायमा एकपछि अर्कोमा कोरोना संक्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिका आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म नगरपालिकाले लकडाउन गर्ने भएकाे छ । एक डाक्टरसहित समुदायका आज ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले त्यस्तो निणर्य गर्न गरेकाे हो ।
नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै मेचीनगर भित्र अत्यावश्यक र मालवाहक साधन वाहेकका अन्य सवारी साधन संचालन नगर्ने निर्णय भएकाे नगरप्रमुख बिमल आचार्यले बताए।
विशेष कार्यका लागि प्रयोग गरिने सवारी साधन नगरपालिकाले उपलब्ध गराएको पास लिएर मात्र चलाउन सकिने छ । वित्तिय संस्थाहरुको हकमा नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम संचालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक र अन्य मृत्यु संस्कार लगायतका कार्यमा भिडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागि हुन पाउने समेत नगरपालिकाले निर्णय गरेको छ।
डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ः०० वजे देखि विहान १०ः०० वजेसम्म मात्र संचालन गर्ने ।
अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पुर्ण स्वास्थ्य सुरक्षा बिधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ ।
मेचीनगर नगरवासीहरु अत्यावश्यक काम वाहेक आ–आफ्नो घरभित्रै सुरक्षित रुपमा बस्न समेत नगरप्रमुख आचार्यले सबै नगरबासीलाई आग्रह गरेेेेका छन् ।