News Portal

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

रातोपोस्ट संवाददाता
३३८ पटक

काठमाडौं, श्रावण २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ८ सय ३७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्