News Portal

नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५९१ पटक

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रदेश– १ मा ८ पुरुष, प्रदेश–२ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चििम प्रदेशमा ५ पुरुष र ३ महिलाको निधन भएको छ ।

बुधबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस्