News Portal

मेचीनगरमा पीसीआर परीक्षण तीव्र एकैदिन १ सय ७५ जनाकोे नमूना संकलन

रातोपोस्ट संवाददाता
११४२ पटक

झापा, साउन २९ । झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा कोरोना भाइसको संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ ।

मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित ४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेका हो ।

विहिबार नगरका दुई अलग अलग स्थानमा समुदायस्तरमाा पीसीआर परीक्षणका लागि १ सय ७५ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो । झापाको मेचीनगर— १० स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय पुरुष चिकित्सकमा कोरोनाको संक्रमण फेला परेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरेर विहिबार संक्रमित चिकित्सकका परीवारसहित यसअघि अस्पतालमा उपचारक लाागि आएका सेवाग्राही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पतालमा उपचारका लागि भर्नाभएका अन्य विरामीसहितको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि ९७ जनाकोे थ्रोड स्वावको नमूना संकलन गरिएका छ ।

शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोेलीले नमूना संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाको टाेलीले मेचीनगर — ७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको छ । स्थानीय २८ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएपछि झापा जिल्लाका फोकल पर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमा परिचालन गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोेगकोे क्षेत्रीय कार्यालयमा कार्यरत २८ वर्षीय पुरुष विदामा घर आएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले दिएकोे जानकारी अनुसार विहीबारसम्म पीसीआर परीक्षणका लागि २ हजार ७ सय ४७ जनाको थ्रोड स्वावकोे नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वासथय विज्ञान प्र्रतिष्ठान धरानको माईक्रोबायोलोजिकल विभागमा पठाइएको छ । ती मध्ये १ सय १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएकोे शाखा संयोजक शशीकला राईले बताइन् ।

प्रतिकृया दिनुहोस्