News Portal

  • तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

    रातोपोस्ट संवाददाता
    ५६३ पटक

    पोखरा,‌ साउन ३० । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ।

    क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये २० जना तनहुँकै एकै स्थानका छन्। तनहुँको भानु नगरपालिका- १ का २० जनामा संक्रमण देखिएको हो।

    उक्त वडाका १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै स्याङ्जा पुतलिबजारका एक ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)