News Portal

  • नेकपा अध्यक्षद्वयको छलफल आजपनि हुदै

    रातोपोस्ट संवाददाता
    २९१ पटक

    काठमाडौं, साउन ३० । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ ।

    यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने बताइएको छ ।

    हिजोको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ । गत बुधवार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दावी गरेका थियो ।

    ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए । स्थायी कमिटी बैठकमा प्रचण्डसहितनका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए ।

    ओली राजीनामा नदिने अडानमा छन, पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)