News Portal

  • मेची अस्पतालबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

    रातोपोस्ट संवाददाता
    २४१ पटक

    झापा, साउन ३० । झापाका विभिन्न स्थानका १७ जना कोरोना भाइरस सङ्क्रमित मेची अस्पताल भद्रपुरबाट शुक्रबार डिस्चार्ज भएका छन् ।

    अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका हुन्।

    १८ जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनाको बच्चाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको डा. कँडेलले जानकारी दिए। मेची अस्पतालमा २२ जनाको क्षमता भएको आइसोलसनमा अब पाँच जना सङ्क्रमित उपचाररत छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)