News Portal

मनमैंजुमा छुरा प्रहार गरि एकजनाको हत्या

रातोपोस्ट संवाददाता
७५८ पटक

काठमाडौं, साउन ३० । मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ। तीन चार जनाको समुहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरि हत्या गरेका हुन्।

राति करिव साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

हत्यामा संलग्न केही युवाको पहिचान भइसकेकाले खोजी भइरहेको छ।

प्रतिकृया दिनुहोस्