News Portal

  • फलामको गेटले किच्दा बालिकाको मृत्यु

    रातोपोस्ट
    ४६५ पटक

    झापा, साउन ३१ । विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

    निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको गेटले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला सुनुवार शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

    उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)