News Portal

नेपालमा २४ घण्टामा थपिए ४ सय ६८ संक्रमित, १२४ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडौ, साउन ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको पीसीआर परीक्षणमा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमित ८ हजार १९३ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार २ सय १ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ११ हजार ४४७ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्