News Portal

आज मध्यरातदेखि दमक नगरपालिका भदौ ६ गते सम्म लकडाउन

रातोपोस्ट संवाददाता
३७७ पटक

झापा, साउन ३१ । झापाको दमक नगरपालिकाले एक साता पूर्ण लकडाउन गर्ने भएको छ । समुदायमा कोरोना संक्रमण बढेपछि नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाले आज राति १२ बजेदेखि भदौ ६ गते सम्म लकडाउन गर्ने भएकाे छ ।

लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस, दुधका गाडी बाहेक सबै यातायातका साधनहरु बन्द रहने छन् । दुधका पसलहरु दैनिक बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

लकडाउनका क्रममा अत्याबश्यक काम बाहेक घर बाहिर निस्कन नपाईने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफरिस लिनु पर्ने, सिटि सफारी, मोटरसाईकल कुनै सवारी साधन सञ्चालन गर्न नपाईने उनले बताईन् ।

शुक्रवार (हिजाे)दमकमा एकैपटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दमकमा संक्रमितको संख्या २० पुगेको छ । संक्रमितहरु समुदायमा हेलमेल भएकाहरु रहेका र जसकारण समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्रयाक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताईन् ।

प्रतिकृया दिनुहोस्